+
+

जसपाको राजनीतिक समितिको बैठक बस्दै, ४ एजेन्डामा केन्द्रित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते ११:१०
पार्टी अध्यक्ष उपेन्द्र यादव

१ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबारबाट ललितपुरको बालकुमारीमा बस्ने बैठक विहीबारसम्म चल्नेछ ।

‘पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूचि रहेको छ,’ राजनीतिक समितिका सदस्य मनिकर कार्कीले भने । बैठकले चुनाव केन्द्रित भएर संगठन विभाग, प्रचार विभाग लगायतका केही महत्वपूर्ण विभागहरू गठन गर्नेछ ।

१५१ सदस्यीय राजनीतिक समिति जसपाको ४९९ सदस्यीय केन्द्रीय समितिभन्दा माथि र केन्द्रीय कार्यकारिणी समितिभन्दा तल रहने संरचना हो । जसपाको विधानमा ४९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था भए पनि हाल ४६६ जनाको केन्द्रीय समिति रहेको छ ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्यहरू पनि उपस्थित रहने कार्कीले जानकारी दिए ।

जसपा केन्द्रीय कार्यालयका अनुसार यस्ता छन् बैठकका ४ एजेन्डाहरु-

१. आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी सम्बन्धमा ।

२. गठबन्धन दलभित्र सीट संख्या विभाजन र उम्मेदवारहरूको मापदण्ड निर्धारण ।

३. विभाग तथा भ्रातृ संगठनहरूको पुनर्गठनबारे ।

४. संगठनात्मक कार्य सम्बन्धी प्रस्तावहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?