+
+

क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १९:३३

२ भदौ, काठमाडौं । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ ।

क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग राखी अधिवक्ताहरु सागर बराल, दिपेश ढकाल, कोसिस गिरी, सम्पूर्ण बस्नेत र सौगात राज बरालले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । उनीहरुले क्रिप्टोकरेन्सीलाई नियमन गर्ने कानूनी व्यवस्था गर्न आदेश जारी हुनुपर्ने माग समेत गरेका छन् ।

आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?