+
+

‘दोबारा’को प्रिमियरमा दुई पूर्वपत्नीसँग देखिए अनुराग कश्यप

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १६:००

काठमाडौं । बलिउड निर्देशक अनुराग कश्यपले आफ्नो आगामी फिल्म ‘दोबारा’को प्रिमियरको एउटा तस्वीरलाई सामाजिक सञ्जालमा पोस्ट गरे । तस्वीरमा उनी आफ्ना पूर्वपत्नीहरु आरती बजाज र कल्की कोचलिनसँग देखिएका छन् ।

अनुराग र आरतीकी छोरी आलिया कश्यपले पनि तस्वीरमा रियाक्ट गरेकी छन् । तस्वीर सेयर गर्दै अनुरागले लेखेका छन्, ‘मेरा दुई स्तम्भ ।’

आलिया कश्यप लेख्छिन्, ‘आइकोनिक ।’ अभिनेता कुव्रा सैतले यसलाई उत्कृष्ट भएको लेखेका छन् । एक जना फ्यानले ‘वास्तविक आधुनिक परिवार’ उल्लेख गरेका छन् । अर्का एक फ्यानले अनुरागको प्रशंसा गर्दै लेखेका छन्, ‘ह्याप्पी गो लक्की म्यान ।’

फिल्म सम्पादक समेत रहेकी आरतीले अनुरागसँग सन् २००३ मा विवाह गर्नुअघि ९ वर्ष डेट गरेकी थिइन् । उनीहरु सन् २००९ मा अलग भए । सन् २००१ मा उनीहरुले आलियालाई जन्म दिए ।

आरती र अनुराग हालै आलियाको एक भ्लग पोस्टमा समेत फिचर्ड भएका छन् । अर्कोतर्फ, कल्कीले अनुरागको सन् २००९ को फिल्म ‘देव डी’बाट बलिउडमा डेब्यु गरेकी थिइन् भने त्यसपछि उनीसँगै ‘द्याट गर्ल इन यल्लो बुट्स’मा अभिनय गरिन् ।

उनीहरुले सन् २०११ मा विवाह गरे, तर सन् २०१५ मा सम्बन्धविच्छेद भयो । सन् २०१३ मा आफूहरु अलग भएको घोषणा गरे पनि उनीहरुले सँगै काम गर्नेदेखि मित्रतालाई अघि बढाइरहेका छन् । उनीहरुले अलग भएपछि पनि नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा अभिनय गरे ।

कल्की यतिबेला इजरायली प्रेमी गाय हर्सबर्गसँग रिलेसनसिपमा छिन् । यो जोडीले सन् २०२० मा छोरी पनि जन्माएको छ ।

‘दोबारा’ फिल्मको प्रिमियर मुम्बईमा आयोजना भएको थियो । अनुराग निर्देशित यो फिल्मलाई एकता कपुरले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?