+
+

वाईसीएल अध्यक्षमा शेर्पाइली, महासचिवमा तीन दावेदार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १७:५६

२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको दुई दिने राष्ट्रिय भेला भोलिदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभागृहमा शुक्रबार बिहान ११ बजे उद्घाटन गर्ने छन् ।

भेलाले वाईसीएलको नयाँ नेतृत्व छनोट गर्ने छ । गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन सकेको थिएन ।

छिटै अर्को भेला गर्ने गरि सुमन देवकोटो संयोजक र सुवोद शेपाईली सहसंयोजक भएको राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो ।

भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुनेछ । जसका लागि करिब ५ सय प्रतिनिधि काठमाडौंमा आइसकेको  पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उम्मेर हदका कारण संयोजक देवकोटाले वाईसीएलबाट विदा लिनुपर्ने भएकाले अध्यक्षमा यसअघिका सहसंयोजक सुवोध शेपाईली हुने निश्चित जस्तै छ । वाईसीएलमा ४० वर्षे उम्मेर हदको व्यवस्था छ ।

देवकोटालाई संयोजक बनाउँदा पनि उनलाई पछि अध्यक्ष बनाइने आश्वासन दिएकाले शेपाईली अध्यक्षमा निश्चित जस्तै भएका हुन । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन ।

अध्यक्षमा शेपाईली निश्चित जस्तै हुँदा महासचिवमा भने धेरै दावेदार देखिएका छन् । महासचिवमा ज्ञानबहादुर गुरुङ ‘कसम’, गणेश शाही, र मिङ्मा डन्डु शेर्पाको बलियो दावेदारी छ । गुरुङ र शाही माओवादी केन्द्रका बैकिल्प केन्द्रीय सदस्य समेत हुन ।

वाईसीएलमा अध्यक्ष, ९ उपाध्यक्ष, महासचिव, २३ सचिव र कोषाध्यक्ष हुने व्यवस्था छ ।

विधान संशोधन गरेर उपमहासचिव समेत थप्नुपर्ने आवाज समेत उठेकाले सचिवको संख्या केही घट्न सक्ने समेत वाईसीएल नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?