+
+

पक्राउ पर्ने सम्भावना बढेपछि ज्याकलिनबाट टाढिंदै बलिउड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १७:१०

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यतिबेला करिअरमै ठूलो संकटको सामना गरिरहेकी छन् । प्रवर्तन निर्देशनालय (ईडी)ले २०० करोड भारुको मनी लाउन्डिङ मुद्दामा उनलाई अभियुक्तकै रुपमा पेश गरिसकेको छ ।

यस्तोमा बलिउड फिल्म निर्माताहरुले ज्याकलिनलाई बहिष्कार गर्न थालेको संकेत देखिएको छ । बलिउड हंगामाले उल्लेख गरेअनुसार सुकेश चन्द्रशेखरसँगको मुद्दामा विवादित भइरहेकी ज्याकलिनलाई बलिउडले पूर्णतः बहिष्कार गर्ने ट्रेन्ड सुरु भएको छ ।

खासगरी ईडीले अभियुक्तकै रुपमा ज्याकलिनको नाम राखेर आरोपपत्र तयार पारेपछि उनलाई थप संकट आउने अनुमान छ ।

ज्याकलिनसँग विगतमा काम गरिसकेका एक निर्माताले नाम नबताउने सर्तमा भनेका छन्, ‘ईडीको लगातारको ताकेतापछि ज्याकलिनले काम गुमाइरहेकी छन् । हालै रिलिज भएका उनका फिल्महरु बच्चन पाण्डे र विक्रान्त रोना पुराना फिल्म हुन् । उनको अश्चितता देखेरै होला कसैले पनि उनलाई नयाँ फिल्ममा लिएका छैनन् ।’

अभियुक्तको रुपमा चार्जसिट तयार भए पनि ज्याकलिनको पक्राउको सम्भावना पनि बढेको छ । लगातारको समस्यापछि ज्याकलिन अब तत्काल समस्याबाट बाहिर आउने सम्भावना पनि छैन ।

‘यो साँच्चै दुःखद् छ । उनी धेरै राम्री केटी हुन् । आफू केमा फसेकी छु भन्ने कुरा थाहा नपाएर उनी फसेकी हुन्,’ ज्याकलिनकी एक महिला सहकर्मी भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?