+
+

भदौ १० देखि कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते १५:४७

४ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा गरेको छ ।

‘जनताको साथमा कांग्रेस’ नामको उक्त अभियानका ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाउने र केन्द्रीय प्रतिनिधिका लागि आइतबार अभिमुखीकरण कार्यक्रम राखेको छ ।

केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउने शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

यो अभियानका लागि प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउन सक्नेछ ।

अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने प्रवक्ता महतले जानकारी दिए ।

यो अभियानपछि अर्को चरण समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएपछि सञ्चालन गरिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?