+
+

वाईसीएलको नेतृत्व चयनमा ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १२:४९

५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको नेतृत्व चयनमा ढिलाइ भएको छ । शुक्रबार उदघाटन भएको दोस्रो राष्ट्रिय भेलाबाट शनिबार नै नेतृत्व टुंग्याउने भनिए पनि आकांक्षी धेरै हुँदा टुंगोमा पुग्न ढिलाइ भएको हो ।

शनिबार अबेरसम्म चलेको बन्द सत्रबाट प्रत्येक जिल्लाबाट १ जना अनिवार्य हुने गरी प्रदेशलाई संख्या टुंग्याउने जिम्मा दिइएको थियो, जसमा २५ वर्ष मुनिका युवा २५ प्रतिशत र २० प्रतिशत महिला हुनुपर्ने मापदण्ड बनाइएको थियो ।

वाईसीएल प्रचार विभाग प्रमुख पुष्प वलीले अहिलेसम्म प्रदेशबाट त्यस्तो सूची आइनसकेको जानकारी दिए । ‘जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रलाई सिफारिस गर्न जिम्मेवारी दिइएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘उनीहरुले टुंग्याएका छैनन् । यदि उनीहरुले टुंग्याएनन् भने माथिबाट हस्तक्षेप गरेर टुंगिन्छ ।’

वाईसीएलमा १९९ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था छ । अध्यक्षमा सुवोध शेर्पाइली हुने निश्चित भइसके पनि अन्य पदाधिकारीमा पनि आकांक्षी धेरै हुँदा मिलाउन अप्ठ्यारो परिरहेको बताइएको छ । प्रचार विभाग प्रमुख वलीले  पदाधिकारी टुंग्याउने गृहकार्य भइरहेको बताए ।

उम्मेर हदका कारण संयोजक सुमन देवकोटाले वाईसीएलबाट विदा लिनुपर्ने भएकाले अध्यक्षमा यसअघिका सहसंयोजक सुवोध शेर्पाइली हुने निश्चित जस्तै छ ।

देवकोटालाई संयोजक बनाउँदा पनि उनलाई पछि अध्यक्ष बनाइने आश्वासन दिएकाले शेर्पाइली अध्यक्ष निश्चित जस्तै भएका हुन् । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

महासचिवमा भने धेरै दाबेदार देखिएका छन् । महासचिवमा ज्ञानबहादुर गुरुङ ‘कसम’, गणेश शाही र मिङ्मा डन्डु शेर्पाको बलियो दाबेदारी छ । गुरुङ र शाही माओवादी केन्द्रका वैकिल्प केन्द्रीय सदस्य समेत हुन् ।

वाईसीएलमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, २३ सचिव र एक कोषाध्यक्ष हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?