+
+
स्तब्ध बक्स अफिस :

तीनवटै फिल्मले तान्न सकेनन् दर्शक, आइतबारको अकुपेन्सीमा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १३:०२

काठमाडौं । पछिल्लो सप्ताहन्त घरेलु बक्स अफिस सुखद् हुन सकेन । शुक्रबार रिलिज भएका तीनवटै फिल्मले कमजोर ओपनिङ गरेका छन् । ‘कबड्डी ४’पछि सुख्खा देखिएका हलमा शनिबार पनि दर्शक आउन सकेनन् ।

सौगात मल्ल र सृष्टि श्रेष्ठको ‘माइकल अधिकारी’, पुष्प खड्का र श्रद्धा क्षेत्रीको ‘कृष्णलीला’ र बेनिशा हमाल स्टारर ‘प्रेमगञ्ज’ले दर्शकलाई आकर्षण गर्ने आशा थियो ।

चार–पाँचवटा हलका केही शोमा शनिबार अकुपेन्सी उच्च देखिए पनि सप्ताहन्तको अकुपेन्सी निकै न्यून छ । समीक्षात्मक कोणबाट पनि तीनै फिल्मको समीक्षा पनि कमजोर छ । केही मिश्रित वर्ड अफ माउथ प्राप्त गरेका छन् ।

भारतीय फिल्म ‘कार्तिकेय २’को ओपनिङ पनि सुखद् रहेन । सप्ताहन्तमै चार फिल्मको ओपनिङ कमजोर देखिएपछि विकडेजमा कमाउन मुश्किल पर्ने देखिन्छ ।

चलचित्र विकास बोर्डअन्तर्गतको बक्स अफिस विभागले पनि तीनवटै फिल्मको कमजोर ओपनिङ भएको जनाएको छ । तीन फिल्मको कमाइमा ‘माइकल अधिकारी’को कमाइ केही बढी देखिए पनि समग्रमा तीनै फिल्मको कमाइ न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?