+
+

दशैं-तिहारका लागि भन्सार छुटमा ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १३:४८

५ भदौ‌, काठमाडौं । सरकारले भन्सार छुटमा दशैं–तिहारका लागि ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी गरेको छ ।

पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्ने गरी भन्सार छुटमा उक्त परिमाणको चिनी ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘खाद्यलाई १० हजार मेट्रिकटन र साल्टलाई ४० हजार सहुलियतको चिनी ल्याउन लागिएको हो,’ वाणिज्य मन्त्रालय स्रोतले भन्यो,‘ यसका लागि अर्थसँग सहमति मागेर पत्राचार गरिएको छ ।’

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म पुगेको छ । भन्सार छुटमा चिनी ल्याएर चाडपर्वमा उपभोक्तालाई सहुलियतमा चिनी बिक्री यस्तो प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ । अहिले खाद्य र साल्ट दुवै कम्पनीसँग चिनी छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?