+
+

दिल्लीका मन्त्री जैनलाई मानसिक रुपमा अस्वस्थ्य घोषणा गर्न अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १४:५५

५ भदौ, काठमाडौं । दिल्ली हाइकोर्टले केजरीवाल सरकारका मन्त्री सत्येन्द्र जैनलाई मानसिक रुपमा अस्वस्थ घोषणा गर्न माग गर्दै परेको रिट खारेज गरेको छ ।

यससँगै अदालतले जैनलाई सांसद र मन्त्रीका लागि अयोग्य घोषणा गर्न पनि अस्वीकार गरेको छ ।

मनि लाउण्ड्रिङको मुद्दाका कारण जैन हाल जेलमा छन् । कोरोना संक्रमण भएको बेला स्मरणशक्ति गुमेको बताएको भन्दै जैनलाई मानसिक रुपमा अस्वस्थ्य घोषणा गर्न माग गर्दै आशीषकुमार श्रीवास्तवले मुद्दा हालेका थिए ।

हाईकोर्टका मुख्य न्यायाधीश जस्टिस शतीशचन्द्र शर्मा र जस्टिस सुब्रमण्यम प्रसादको संयुक्त इजलासले भनेको छ, ‘संविधानको अनुच्छेद २२६ को प्रयोग गरेर न जैनलाई मानसिक रुपमा अस्वस्थ्य घोषणा गर्न सकिन्छ, न सांसद र मन्त्रीका लागि अयोग्य घोषणा गर्न ।’

जैनलाई मन्त्री कायम राख्ने वा हटाउने अधिकार मुख्यमन्त्रीलाई भएको समेत अदालतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?