+
+

शिक्षक सेवा आयोगले मंसिरसम्ममा नतिजा सार्वजनिक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १९:३५

५ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले गत असारमा लिएको विभिन्न तहको तृतीय श्रेणीको शिक्षक पदको परीक्षाको नतिजा असोजदेखि मंसिरसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगले २०७९/८० का लागि नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गर्दै असोज मसान्तसम्म प्राथमिक, निम्न माध्यमिक तहको द्वितीय र प्रथम श्रेणी बढुवाको नतिजा सार्वजनिक गर्ने र असोज मसान्तसम्म सिफारिस गर्ने जनाएको छ । त्यस्तैगरी खुलातर्फ माध्यमिक, तृतीय असोज/कात्तिकमा नतिजा निकाल्ने र मंसिरमा अन्तर्वार्ता गरी पुसमा सिफारिस गर्ने जनाएको छ ।

कार्यतालिका अनुसार निम्न माध्यमिक, तृतीयको नतिजा कात्तिक/मंसिरमा अन्तवार्ता पुसमा र सिफारिस माघभित्र हुनेछ । प्राथमिक, तृतीयको कात्तिक/मंसिरमा र अन्तर्वार्ता माघ/फागुनमा र सिफारिस फागुन/चैतमा हुनेछ ।

आयोगले कार्यतालिका भन्दा पछाडी नजाने जिकिर गरेको छ । आयोगका प्रवक्ता सुर्दशन मरहठ्ठाले भने ‘हामी कार्यतालिका भन्दा पछाडि जान मिल्दैन । जाँदैनौं पनि बरु अगाडि गर्न सक्छौं ।’ आयोगले असार ९ गते मावि तह, असार ११ गते निमावि तह र १३ गते प्रावि तहको विषयगत परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र असोजमा नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

विज्ञापन मंसिर/पुसमा खुल्ने

आयोगले खुला तथा आन्तरिक तर्फको विज्ञापन मंसिरदेखि फागुनसम्म गर्ने जनाएको छ । कार्यतालिकामा प्राथमिक, निम्न माध्यमिक तहको द्वितीय र प्रथम श्रेणी बढुवाको कात्तिकमा प्रतिशत निर्धारण गरी आन्तरिक प्रतियोगितात्मक/कार्य सम्पादन मूल्याङ्कनको मंसिर/पुसमा विज्ञापन खोल्ने तयारी गरेको छ ।

नियमावली अनुसार असोज मसान्तभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण दिए पश्चात आयोगले कात्तिकमा प्रतिशत निर्धारण खुलातर्फको माध्यमिक तृतीयको विज्ञापन पुसमा, परीक्षा फागुनमा, निम्न माध्यामिक तृतीयको विज्ञापन माघमा परीक्षा चैतमा, प्राथमिक तह तृतीय विज्ञापन फागुनमा र परीक्षा वैशाखमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?