+
+

चितवनमा टीभीएसको एओजी राइड

टु–ह्विलर्स कम्पनी टीभीएसले ग्राहकका लागि चितवनमा अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड आयोजना गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १९:५४

काठमाडौं । टु–ह्विलर्स कम्पनी टीभीएसले ग्राहकका लागि चितवनमा अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड आयोजना गरेको छ ।

नारायणगढको मल्लश्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्क ल्याण्डसम्म राइडको आयोजना गरिएको कम्पनीले जनाएको छ । सो क्रममा ४० जना राइडर सहभागी भएका थिए । राइडरमा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्बन्धी जानकारी दिएका थिए ।

नेपालको पर्यटकीय स्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य भएको कार्यक्रममा सहभागी राइडरहरुको प्रतिक्रिया थियो ।

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा
सम्पन्न गरिसकेको छ । कम्पनीका अनुसार अब यो कार्यक्रम सेती, बाँके र मेची च्याप्टरमा आयोजना हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?