+
+

अवसर इक्वीटि फण्डलाई भेञ्चर क्यापिटलको अनुमतिपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १२:२८

५ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवसर इक्वीटि फण्ड लिमिटेडलाई धितोपत्र बोर्डले भेन्चर क्यापिटलको अनुमति दिएको छ । ५ भदौमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले कम्पनीलाई उक्त स्वीकृति प्रदान गरेको हो ।

भेन्चर क्यापिटल फण्ड सञ्चाललनका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका १७ मध्ये यसअघि ग्लोबल इक्विटी फण्डले लाइसेन्स पाएको थियो । बोर्डले तोकेको कागजात र मापदण्ड पूरा गर्ने अन्य ८ वटालाई पनि पूर्वाधार तयार गर्न पत्राचार गरेको थियो ।

अन्य ६ वटा मर्चेन्ट बैंकर र एउटा म्युचुअल फण्ड (सामूहिक लगानी कोष) लाई बोर्डले पूर्वाधार तयार गर्न निर्देशन दिएको छ । पूर्वाधार तयार गरेपछि उनीहरुले पनि भेञ्चर क्यापिटलको लाइसेन्स पाउने हमालले बताए ।

सामूहिक लगानी योजना आध्यान्त फण्ड लिमिटेड तथा एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेडलले पनि प्रक्रिया पूरा गरेपछि पूर्वाधार तयार गर्न बोर्डले निर्देशन दिएको छ ।

अन्य आठवटाले पनि भेञ्चर क्यापिटल फण्ड सञ्चालनका लागि अनुमति माग गरेपनि उनीहरुको भने आवश्यक कगजात पूरा हुन नसकेको बोर्ड स्रोतले बताएको छ । नेपाल धितो बोर्डले २०७५ मा विशिष्टिकृत लगानी कोष सञ्चालन नियमावली ल्याएको थियो ।

बोर्डले प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न उक्त नियमावली ल्याएको बोर्डले जनाएको छ । नियमावलीको नियम ४ को आधारमा बोर्डले ग्लोबल इक्विटी फण्डलाई अनुमति दिएको र ८ वटाको पहिलो सोही आधारमा प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

‘लगानीको जोखिम तथा प्रतिफलको विश्लेषण गरी कोषको स्वपूँजीमा लगानी गर्न सक्ने बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अवकाश कोष, कल्याणकारी कोष, सञ्चय कोष, नागरिक लगानी कोष जस्ता प्रचलित कानुन बमोजिम मान्यता प्राप्त कोष, द्विपक्षीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, लगानी गर्न सक्ने उद्देश्य भएका प्रचलित कानुन बमोजिम नेपालमा स्थापना भएका संस्था, नेपाली नागरिक तथा गैरआवासीय नेपालीलाई योग्य लगानीकर्ताको रुपमा रहने व्यवस्था गरिएको छ’ लगानी कोष सञ्चालन नियमावलीमा भनिएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष हमालले चाँडै भेञ्चर क्यापिटलको अनुमति दिने बताएका थिए । ‘बोर्डको नीति तथा कर्याक्रम कार्यन्वयमा गइसकेको छ, प्रक्रिया पूरा गर्नेले भेञ्चर क्यापिटलको अनुमति क्रमिक रुपमा पाउँदै जान्छन्’ हमालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?