+
+

सेयर बजारमा ७.२४ अंकको गिरावट, कारोबार रकम २ अर्ब पनि पुगेन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १५:३०

६ भदौ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा एकल अंकको गिरावट भएको छ । आइतबार ७.७२ अंकले गिरावट भएको नेप्से सोमबार पनि घटेको छ ।

सोमबार बजार परिसूचक नेप्से ७.२४ अंक (०.३५ प्रतिशत) ले गिरावट हुँदा २०५३.३० अंकमा बन्द भएको हो । सोमबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

नेप्सेमा सामान्य गिरावट हुँदा सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएकोमा सोमबार कारोबार रकम २ अर्बबाट तल झरेको छ ।

नेप्सेमा सोमबार ५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख ७१ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ८ करोड ५० लाख ३६ हजारको कारोबार भएको छ ।

दिनभर बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

आइतबार कारोबार भएका मध्य अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।

त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ७.२२ प्रतिशतले बढेको छ । यता एनआईबीएल समृद्धि फण्ड २ को इकाइ मूल्य ६.७५ प्रतिशतले गिरावट भएको छ । यस्तै दोर्दी खोला जलविद्युत् कम्पनी सेयरमूल्य ५.१९ प्रतिशत र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीको सेयरमूल्य ४.१५ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?