+
+

महाअभियोग सिफारिस समितिको बैठक भोलि, कार्यतालिका बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १५:५८

१ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक मंगलबार बस्ने भएको छ । समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार मंगलबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ ।

उक्त बैठकमा यसअघि १ भदौ बैठकमा वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबारामाथिको अध्ययन कार्यतालिका पेश गर्ने कार्यसूची छ ।

‘महाअभियोग उपर कुन दिन के गर्ने, कति दिनमा सक्ने भनेर कार्यतालिका पेश गर्ने र पास गर्ने हाम्रो प्रयास रहन्छ’ विष्टले भने ।
मंगलबारको बैठकमा समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उनले बताए । ‘पहिलो बैठकमा सभापतिको कुरा उठेको थियो । यसबीचमा सभापतिकै लागि खास तयारी त भएको छैन । तर, पनि उठ्न सक्छ’ विष्टले भनेका छन् ।

प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो । जिम्मेवारी पाएको ९ दिनपछि पहिलो बैठक बसेको थियो ।

१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । उक्त प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

प्रतिनिधिसभा नियमावलीले महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानबिनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकेर सिफारिस गर्नुपर्ने भनेको छ ।

तर, अनेक तर्क गरेर जबराविरुद्धको महाअभियोग दर्ता भएको ६ महिना नाघिसक्दा समेत संसदबाट किनारा लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?