+
+

नयाँ लुकमा आउँदै कपिल शर्मा शो, आउँदो महिनादेखि प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १७:०४

काठमाडौं । भारतका लोकप्रिय हास्य कलाकार तथा अभिनेता कपिल शर्मा आफ्नो चर्चित कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’मार्फत पुनरागमनको तयारीमा छन् । रोचक पक्ष यो छ कि कार्यक्रमको नयाँ सिजनका लागि कपिलले आफ्नो लुक्समा गज्जबको रुपान्तरण गरेका छन् । उनी नयाँ लुक्समार्फत दर्शकको मन जित्न चाहन्छन् ।

कपिलले नयाँ लुक्स सेयर गरेका छन्, जसलाई उनका फ्यानले अत्यधिक रुचाएका पनि छन् । कपिल शर्मा शोको सिजन ४ आगामी महिनादेखि प्रसारणको तयारीमा छ । कपिलको नयाँ लुक्समा उनको हेयर स्टाइलदेखि लिएर शेव र फिटनेससम्म स्पष्ट देखिएको छ । आफ्नो लुक सेयर गर्दै कपिलले लेखेका छन्, ‘नयाँ सिजन, नयाँ लुक ।’

सोनी इन्टरटेनमेन्ट च्यानलमा प्रसारण हुने द कपिल शर्मा शोको नयाँ सिजनमा नयाँ अनुहार पनि देखिने भएका छन् । यो शोबाहेक कपिल नन्दिता दासको फिल्म ‘ज्विगाटो’मा पनि देखिनेछन् ।

यो फिल्ममा कपिलले एक फुड डेलिभरी ब्वायको भूमिका निर्वाह गरेका छन् । अभिनेत्री साहना गोस्वामी उनको पत्नीको भूमिकामा देखिंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?