+
+

‘टुनल्याण्ड ई’ पिकअपको अपग्रेडेड भर्सन ९ भदौमा सार्वजनिक हुने 

नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता  एमएडब्ल्यू वृद्धि कमर्सियल भेहीकलले ‘टुनल्याण्ड ई’ को सफलतापछि अपग्रेडेड भर्सन ल्याउने तयारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १७:२९

काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता  एमएडब्ल्यू वृद्धि कमर्सियल भेहीकलले ‘टुनल्याण्ड ई’ को सफलतापछि अपग्रेडेड भर्सन ल्याउने तयारी गरेको छ ।

‘टुनल्याण्ड ई’ को नयाँ भर्सन ‘टुनल्याण्ड ई प्लस’ थप शक्तिशाली तथा आकर्षक फिचरसहित ९ भदौमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टुनल्याण्ड ईको नयाँ भर्सन थप शक्तिशाली, आकर्षक फिचर रहेको छ ।

कम्पनीका आनुसार  टुनल्याण्ड ई प्लस  ग्राहकलाई पिकअप ट्रकमा आवश्यक पर्ने अनुभव  र रिसर्च आनुसार  डिजाइन गरिएको हो । नेपाल र नेपाली बाटोलाई सुहाउँदो टुनल्याण्ड ई प्लस ग्राहकको प्रतिक्षाको पिकअप ट्रक बनेको कम्पनीको दावी छ ।

फोटोन पछिल्लो समय नेपालमा पिकअप, भ्यान र एम्बुलेन्स सेग्मेंटमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक लुक्स र पावरले गर्दा फोटोन लोकप्रिय हुदै गएको जानकारहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?