+
+

एसियाली खेलकुदका लागि ओलम्पिक कमिटी र बाई–अपबीच प्रायोजन सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १७:३६

६ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ‘बाई–अप होल्डिङ कम्पनी’ सँग चीनमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिमका लागि खेल पोशाकको प्रायोजन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

चीनको हाङझाउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म एशियाली खेलकुद आयोजना हुँदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ र हङकङ–चीनको बाई–अपका सीईओ स्टेवार्ड छ्यङ्गले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बाई–अपले एसियाली खेलकुदमा सहभागी हुने सम्पूर्ण टिमका सदस्यलाई खेल पोशाक प्रदान गर्नेछ । खेल पोशाकमा ट्रायकसुट, टी–सर्ट, पोलो टी–सर्ट, स्पोर्टस सुज, सट्स, मोजा, टोपी, झोला र रुमाल पर्छन् ।

सम्झौता अनुसार एसियाली खेलकुद सुरु हुन अगाडि ४ सय ५० थान खेल पोशाक हस्तान्तर गर्नेछ । कम्पनीले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदका बेला पनि खेल पोशाक प्रदान गरेको थियो ।

सम्झौता गर्ने कार्यक्रममा महासचिव श्रेष्ठले प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टिमको एकै ढाँचाको डिजाइन हुने बताए । उनले बाई–अप कम्पनीसँगको सम्झौता अबका वर्षमा पनि कायम हुने विश्वास राख्दै हुँदै उच्च गुणस्तरको पोशाकको प्रायोजनले नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनमा सहयोग पुग्ने पनि बताए ।

बाई–अपका सीओओ छ्यङ्गले एसियाली खेलकुदमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?