+
+

‘ड्राइभ माई कार’ वर्षकै सर्वोत्कृष्ट फिल्म घोषित, जित्यो क्रिटिक्स अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १८:००

काठमाडौं । रियुसुके हामागुची निर्देशित जापानी ड्रामा ‘ड्राइभ माई कार’ सन् २०२२ को सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । यो फिल्मले इन्टरनेसनल फेडेरेसन अफ फिल्म क्रिटिक्सबाट फिप्रेक्सी ग्रान्ड प्रिक्स अवार्ड समेत जितेको छ ।

गत वर्षको कान्समा प्रिमियर भएको फिल्मले उत्कृष्ट पटकथासँगै फिप्रेस्की पुरस्कार पनि जितेको थियो । यस वर्षको ओस्कार अवार्डमा अन्तर्राष्ट्रिय फिचर विधामा उत्कृष्ट भएसँगै यसले वर्षको प्रभावशाली थालनी गरेको थियो ।

फिप्रेक्सी सम्मान प्राप्त गर्ने दौडमा ‘ड्राइभ माई कार’ले फाइनलिस्ट फिल्महरु थोमस एन्डर्सनको ‘लिकोराइस पिज्जा’, जेनी क्याम्पियनको ‘द पावर अफ दी डग’, रुबेन अस्टलन्डको पाम दे ओर विजेता ‘ट्रयांगल अफ स्याडनेस’ र ज्याकिम ट्रायरको ‘द वर्स्ट पर्सन इन द वर्ल्ड’लाई उछिनेको थियो ।

फिप्रेक्सी ग्रान्ड पिक्स ७० औं सान सेबास्टियन इन्टरनेसनल फिल्म फेस्टिभलको अवसरमा आगामी सेप्टेम्बर १६ मा प्रदान गरिने भएको छ । उक्त समारोहमा ड्राइभ माई कारको विशेष प्रदर्शन समेत हुने भएको छ ।

सन् १९९९ देखि नै इन्टरनेसनल फेडरेसन अफ फिल्म क्रिटिक्सले वार्षिक ग्रान्ड प्रिक्स प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?