+
+

तनहुँ १ नछाड्ने एकीकृत समाजवादीका किसान श्रेष्ठको अडान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १९:२६
फाइल तस्वीर ।

६ भदौ, तनहुँ । नेपाल कम्युनिष्ट पार्टी एकृकीत समाजवादीका केन्द्रिय सदस्य एवंम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले तनहुँ क्षेत्र नं. १ बाट नै चुनाव लड्ने बताएका छन् ।

म्याग्दे ३ किल्चोकमा भएको कार्यक्रममा उनले आफूले अघिल्लो पटक जितेको ठाँउबाट नै चुनाव लड्ने बताए । उनले ७४ मा चुनाव जितेको तनहुँ १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य गोविन्द भटराई, शंकर भण्डारी लगायत सत्ता गठबन्धनकै नेताहरुले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सत्ता गठबन्धनबीच सिट भागबण्डा हुँदा तनहुँ १ आफ्नो पार्टीले पाउने र आफू उम्मेदवार हुने श्रेष्ठको दाबी छ । ‘हामीले विद्रोह नगरेको भए, तपाईंको सभापति प्रधानमन्त्री बन्नुहुन्थ्यो ?, हामीले विद्रोह गरेकाले आज संविधान, लोकतन्त्र र संघीयता बचेको छ, हामीले विद्रोह गरेकाले त ३० सिट जितेको तपाईंको सभापति प्रधानमन्त्री बन्नु भएको छ,’ तनहुँमा एकीकृत समाजवादीलाई सिट दिँदैनौं भन्ने कांग्रेस नेताप्रति लक्षित गर्दै उनले भने ।

उनले तनहुँका कांग्रेस नेताहरुलाई आफूले सम्मान गर्ने बताउँदै आफूमाथि अन्याय नहुने विश्वास व्यक्त गरे । २०७४ मा वाम गठबन्धनबाट तत्कालीन एमालेका उम्मेदवार किसानले कांगे्रसका वरिष्ठ नेता पौडेललाई ६ हजार ४१४ मतान्तरले पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?