+
+

कल्सल्टेन्सीको नाममा अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १९:३८

६ भदौ, विराटनगर । झापामा कन्सलटेन्सीको नाममा जुवा खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् ।

नेपालमा प्रतिबन्धित वान बेट एप्लिकेशन मार्फत गेम खेलाउने र नक्कली सरकारी कागजात बनाउने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्रेको हो ।

१ नम्बर प्रदेश प्रहरी  कार्यालय विराटनगरका अनुसार दमक– ८ मा  रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश साह र दमक नगरपालिका– ७   का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउपालिका– २ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङका सञ्चालक दमक– ८ का ३३ बर्षीय राजु लिम्बु पक्राउ परेका हुन् ।

१ नम्बर  प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिट  समूह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको  प्रहरी टोलीले उनीहरुलाई पक्रेको हो ।

प्रहरीका अनुसार पक्राउ  परेको समुहले अनलाइन गेम खेलाउँदै आएको थियो ।अनलाइन गेम  खेल्न चाहाने  व्यक्तिको नागरिकता लिने र सोही नागरिकताबाट एनसेलको सिम कार्ड झिकेर सट्टाबाजीको लागि इसेवा आइडी खोली रकम सङ्कलन गर्ने गरेको  पाइएको प्रहरीले जनाएको छ ।

कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्रसमेत बनाउने गरेको  अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले प्रयोग भएका २७९ र प्रयोग नभएका ४५ थान एनसेलको सिम, १९ वटा मोवाइल, ल्यापटपलगायत सामग्री बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?