+
+

साढे २ अर्बको ऋणपत्र निष्कासन गर्दै हिमालयन बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते ११:१७

७ साउन, भदौ । हिमालयन बैंकले १५ भदौबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य १००० रुपैयाँका दरले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

सात वर्ष अवधिको ऋणपत्रको १०.५ प्रतिशत ब्याजदरमा निष्कासन गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ ।

कुल निष्कासन गरीने ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ताले ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशतले हुन आउन १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनबाट बिक्री गर्ने जनाएको छ ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सो ऋणपत्र खरिदका लागि छिटोमा भदौ १९ गतेसम्म र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा निष्काशन अवधि भदौ २९ गतेसम्म थप हुनेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था बाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले बैंकलाई मध्यम जोखिम जनाउने ‘केयर एनपी सिङल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको संकत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?