+
+

विदेशी नागरिक नेपाली विमानस्थलबाट तेस्रो मुलुक जान बाटो खुल्यो

सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १४:५५
फाइल तस्वीर

७ भदौ, काठमाडौं । सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएको छ ।

१३ वैशाख २०७८ मा त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएको थियो । तर, विमानस्थल भित्रै ट्रान्जिट गरी जानेका लागि भने रोकतोक थिएन ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वैशाख २०७८ को निर्णय खारेज गरेसँगै अब भने कुनै पनि विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने छन् ।

कोभिड–१९ महामारीका बेला भारतीय नागरिक नेपाल आएर साउदी अरेबिया जाने क्रम बढेपछि गत वर्ष सरकारले यस्तो निर्णय गर्नु परेको थियो । पर्यटन व्यवसायीले भने यो निर्णय खारेज गर्न माग गरिरहेका थिए ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?