+
+

वाईसीएलका पदाधिकारी र केन्द्रीय सदस्यले लिए सपथ

पदाधिकारी र केन्द्रीय सदस्यले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १५:४१

७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले ६१ सदस्यीय पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । शुक्रबार सुरु भई आइतबार अबेर सकिएको दोस्रो राष्ट्रिय भेलाबाट चयन भएका पदाधिकारी र केन्द्रीय सदस्यहरुले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उनीहरुलाई सपथ गराएका हुन् । वाईसीएलको विधानमा ३५ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि आकांक्षी धेरै भएपछि विधान नै संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिएको हो ।

अब वाईसीएलमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ६ जना उपमहासचिव, ४५ सचिव र कोषाध्यक्ष हुनेछन् । वाईसीएल इन्चार्ज सापकोटाले आकांक्षीलाई व्यवस्थापन गर्दा पदाधिकारी बढेको बताए । ‘सकेसम्म पदाधिकारी टिम सानै बनाउने भन्ने थियो तर चुनाव पनि आएकाले आकांक्षी सबैलाई समेटियो’, उनले भने ।

‘सबै प्रचण्डले तोक्छन् भन्ने भ्रम तोड्यौं’

सापकोटाले समिति केही ठूलो भए पनि माओवादीका भ्रातृ संगठनहरु समिति नै बनाउन सक्दैनन् भन्ने आशंका चिरेको जिकिर गर्छन् । ‘यो बीचमा मैले एक पटक मात्रै प्रचण्डलाई ‘ब्रिफिङ’ गरेँ, अरु कुनै सल्लाह गरिएन,’ सापकोटाले भने, ‘हामीले सबै कुरा प्रचण्डले नै तोक्छन् भन्ने भ्रम पनि चिरेका छौं।’

संगठनमा ४० वर्षको उमेर हद पनि लागू गरेको उनले बताए । उमेर हदकै कारण यसअघिका संयोजक सुमन देवकोटा र अरु केही नेताहरुले संगठनबाट विदा लिएका छन् ।

यी हुन् पदाधिकारी :

अध्यक्ष : सुबोधराज शेर्पाइली

बरिष्ट उपाध्यक्ष : ज्ञानेन्द्रबहादुर गुरुङ

उपाध्यक्षहरु : गोगन मल्ल, मञ्जु बम, मिङ्‍माडन्डु शेर्पा, केहरसिँह कुँवर, ज्ञानेन्द्रबहादुर ढुंगाना, उमेश घोरासैनी ।

महासचिव : गणेश शाही

उपमहासचिव : पुष्प ओली, मीनबहादुर घर्ती, एबिराज राई, दिलबहादुर थापा, रतनबहादुर शाही, रेशम महरा ।

सचिव : हरि ढकाल, नवीन खड्कासहित ४५ जना

कोषाध्यक्ष : सन्तोष पनेरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?