+
+

सलोन बस्‍नेतको ‘मिलन’ कात्तिक १८ मा, रोमान्टिक पोस्टर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १८:११

काठमाडौं । टेक पौरखी राई निर्देशित फिल्म ‘मिलन’ कात्तिक १८ गते प्रदर्शन हुने भएको छ । निर्माताले मंगलबार रोमान्टिक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

पोस्टरमा कलाकारद्वय कुशल शाह र शिल्पा थापा चित्रित छन् । यी दुवैले यही फिल्मबाट डेब्यु गरेका हुन् । प्रदर्शन मिति तोकिएसँगै फिल्मको प्रचार पनि सुरु भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको पटकथा पनि निर्देशक राईले लेखेका हुन् ।

फिल्ममा सलोन बस्नेतको प्रमुख भूमिका छ । निर्माता टिमले यसपछि सलोनलाई समेटेर पोस्टर सार्वजनिक गर्ने तयारी गरेको छ । फिल्ममा शिशिर बाङ्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करण थापा लगायतको अभिनय छ ।

तीनवटा गीत समावेश फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन छ । भने कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको फिल्मका निर्माता प्रवीण थापा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?