+
+

पल शाहको मुद्दामा आज नवलपुरमा सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १०:४७

काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)को मुद्दाको  बुधबार नवलपुर जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । अदालतको वेबसाइट अनुसार मुद्दाको पेशी न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ ।

तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको शाहको तर्फबाट कानुन व्यवसायी रहेका कमलमोहन वाग्लेले जानकारी दिए ।

पल यतिबेला बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

यसअघि थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरिदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?