+
+

अब सामसङ टिभी नेपालमै बन्ने, नवलपरासीमा फ्याक्ट्री शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १२:१५

८ भदौ, काठमाडौं । अब नेपालमै सामसङ टिभी बन्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो ।

तत्कालका लागि टिभी मात्रै उत्पादन गर्ने गरी बन्न लागेको फ्याक्ट्रीको बुधबार शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले फ्याक्ट्री शिलान्यास गर्दै नेपालमा लगानीको वातावरण राम्रो हुँदै गएको बताए ।

विदेशी लगानी भित्र्याउन सरकारले नीतीगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन उनले लगानीकर्ताहरुलाई आग्रह गरे । अहिलेसम्म नेपालमा सामसङ टिभी गोल्छा अर्गनाइजेसनले आयात गरेर बिक्री वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?