+
+

निहारिकाको माग अनुसार डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १९:११
निहारिका र उनका छोरा ।

८ भदौ, काठमाडौं । उच्च अदालत जनकपुरले बलात्कार पीडित निहारिका राजपुतको माग सम्बोधन गर्दै आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले निहारिका राजपुतको माग बमोजिम उनको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परिक्षण गर्न आदेश दिएको हो ।

आदेशमा शिवराज श्रेष्ठ र पीडितका छोरालाई उच्च सरकारी वकिल कार्यालय, जनकपुरमार्फत राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाई बच्चाको आमा र पीडितको रोहबरमा डीएनए परीक्षण गराई परीक्षण प्रतिवेदन प्राप्त भएपछि पेश गर्न भनिएको छ ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा राखेको छ । र उनले डीएनए परीक्षण गर्न आफू तयार रहेको बताएका छन् ।

आफ्नो शिशु र आरोपित श्रेष्ठको डीएनए परीक्षण हुनुपर्ने माग राखी राजपुत अनशन बसेकी थिइन् । माग सम्बोधन हुने आश्वासनपछि उनले अनशन तोडेकी हुन् ।

जिल्ला अदालत धनुषाले बलात्कार मुद्दाका आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो । सफाइ दिने न्यायाधीश पर्शुराम भट्टराई छानबिनका क्रममा सर्वोच्च अदालतमा तानिएका छन् ।

जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिल उच्च अदालत जनकपुरमा गएको थियो । त्यही मुद्दा सुनुवाइका क्रममा उच्च अदालतले डीएनए परीक्षणको आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?