+
+

अवैध संरचना हटाउन शंखमूल र बानेश्वरमा स्थलगत निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते ११:२१

९ भदौ, काठमाडौं । अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ ।

अहिले मेयर बालेनसहित डीआईजी मीरा चौधरी शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेका हुन् ।

बालेनसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् ।

बालेन नेतृत्वको टाेलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।

बानेश्वर र शंखमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउँमा पनि बालेन पुगेका छन् ।

व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङको लागि भन्दै जानकारी गराउनुस् भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिएका छन् ।

टोलीले ३ घण्टापछि प्याकिङ गरेको नगरेको हेर्न आउने समेत बताएको छ । अन्डरग्राउन्डमा रहेका जुत्ता पसल, मोबाइल पसल, बुटिक लगायत क्षेत्रमा महानगरको टोलीले अनुगमन गरिरहेको छ ।

आजै बानेश्वरको अल्फाबिटामा पनि बालेनले अनुगमन गर्दैछन् ।
तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?