+
+

वागमती प्रदेशको खेलकुद नीति बनाउने जिम्मा विज्ञ समूहलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १८:११

९ भदौ, काठमाडौं । संघीय सरकारले अहिलेसम्म आफ्नो खेल नीति बनाउन नसकिरहेका बेला वागमती प्रदेश सरकारले आफ्नो खेलकुद नीति तयार गर्ने प्रक्रिया सुरु गरेको छ ।

प्रदेश सरकारले तयार गरेको प्रारम्भिक मस्यौदालाई परिस्कृत गर्न पाँचजना खेल विज्ञको टोलीलाई जिम्मा दिइएको छ ।

समूहको संयोजकमा हरिहरलाल श्रेष्ठ छन् । सदस्यहरुमा डा. अच्युतम लामिछाने, श्रीराम भण्डारी, एलिसा थापा र देवनारायण चौधरी छन् ।

समितिले ३ महिनाभित्र अन्तिम मस्यौदालाई अन्तिम रुपम दिएर प्रदेश खेलकुद बिकास परिषद्मा बुझाउनेछ । मस्यौदालाई परिषद्ले प्रदेश भित्रका खेलाडी तथा सरोकारवाला व्‍यक्तिहरुसँग बृहत छलफल गरेपछि मात्रै मन्त्रालयमा पेश गर्नेछ ।

खेलकुद नितिमा प्रदेश सरकारले आगामी दिनमा गर्ने खेलकुद विकास सम्बन्धी सम्पूर्ण कार्यक्रमहरुको मार्ग दर्शन गर्नेछ ।

प्रदेशको खेलकुदको स्तरलाइ कति बर्षमा कुन स्तरमा पुर्‍याउने र त्यसको लागि कस्तो संरचनागत विकास र जनशक्ति विकासको कार्यक्रम ल्याउने भन्ने कुरालाई खेलकुद नितिले निर्देशित गर्नेछ ।

केन्द्र सरकारले समेत हालसम्म आफ्नो खेलकुद नीति बनाउन नसकिरहेको अवस्थामा प्रदेशको भूमिका अग्रणी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?