+
+

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १२:५७

१० भदौ, काठमाडौं । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-५ घर भई हाल काठमाडौंको भीमसेनगोलामा बस्‍ने ३८ वर्षीय शान्त कुमार देवान रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागको टोलीले कागेश्वरी मनहरा नगरपालि काँडाघारीबाट पक्राउ गरेको हो ।

उनले पीडित गोकुल भण्डारीलाई वर्किङ भिसामा क्राएसिया पठाइदिन्छु भनी २ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका देवानलाई थप अनुसन्धान तथा कारबाहीको लागिस वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?