+
+

५ वर्षमा सार्वजनिक ऋण ९ खर्बबाट २० खर्ब पुग्यो

पछिल्लो ५ वर्षमा नेपालको सार्वजनिक ऋण दोब्बरले बढेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १८:५५

१० भदौ, काठमाडौं । पछिल्लो ५ वर्षमा नेपालको सार्वजनिक ऋण दोब्बरले बढेको पाइएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा ९ खर्ब १६ अर्ब रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०७८/७९ को अन्तिममा आइपुग्दा २० खर्ब ११ अर्ब ५८ करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकको २०७८/७९ को वार्षिक तथ्यांक अनुसार गत आवसम्म आइपुग्दा नेपालको आन्तरिक ऋण ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ रहेको छ । वैदेशिक ऋण भने १० खर्ब २७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको तुलनामा ४१.५ प्रतिशत पुगिसकेको छ । यसमध्ये वैदेशिक ऋणको हिस्सा मात्र जीडीपीको २१.२ प्रतिशत पुगेको छ ।

अर्थ मन्त्रालयका अनुसार भूकम्प पछिको पुनर्निर्माणका लागि वैदेशिक ऋण बढ्न थालेको हो । यसमा कोरोनाकालपछि सहायता अझ बढ्न पुगेको छ । जसले सार्वजनिक ऋण बढाउन भूमिका खेलेको हो ।

तथ्यांक अनुसार सार्वजनिक ऋणको वृद्धिदर आव २०७४/७५ पछि ह्वात्तै बढेको हो । आव २०७३/७४ मा मात्र ६ खर्ब ९७ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋणमा आव २०७४/७५ मा ३१.३ प्रतिशतको वृद्धि भई ९ खर्ब १६ अर्ब रुपैयाँ पुगेको हो । त्यसयता भने निरन्तर सार्वजनिक ऋण उच्च दरले बढेको हो ।

तथ्यांक अनुसार सो आवपछि क्रमशः १४.३, ३६.२, २१.५ र १६ प्रतिशतले सार्वजनिक ऋण बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्र नेपालले २ खर्ब ३८ अर्ब रुपैयाँ प्राप्ति गर्ने गरी सम्झौता गरेको थियो । त्यसमध्ये १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता हो ।

प्रतिव्यक्ति ऋणभार ६८ हजार ९०७

नेपाल राष्ट्र बैंकको प्रारम्भिक तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण अनुसार प्रतिव्यक्ति ऋणको भार ६८ हजार ९०७ रुपैयाँ पुगेको छ ।

कुल २० खर्ब ११ अर्ब सार्वजनिक ऋणलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग लगाउँदा प्रतिव्यक्ति ऋणको भार ६८ हजार ९०७ रुपैयाँ पुगेको हो ।

पछिल्लो ५ वर्षमा नेपालको सार्वजनिक ऋण

आव आन्तरिक ऋण वैदेशिक ऋण कुल ऋण
२०७४/७५ ३ खर्ब ९० अर्ब ५ खर्ब २५ अर्ब ९ खर्ब १६ अर्ब
२०७५/७६ ४ खर्ब ५२ अर्ब ५ खर्ब ९४ अर्ब १० खर्ब ४७ अर्ब
२०७६/७७ ६ खर्ब १३ अर्ब ८ खर्ब १३ अर्ब १४ खर्ब २७ अर्ब
२०७७/७८ ८ खर्ब ३२ करोड ९ खर्ब ३४ अर्ब १७ खर्ब ३४ अर्ब
२०७८/७९ ९ खर्ब ८४ अर्ब १० खर्ब २७ अर्ब २० खर्ब ११ अर्ब

स्रोत : नेपाल राष्ट्र बैंक

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?