+
+

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

रासस रासस
२०७९ भदौ १२ गते १३:३५

१२ भदौ, काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका ३५ वर्षीय बालकुमार कटुवालको गएराति मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका कटुवालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एकजना र मोटरसाइकल चालकको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा र मोटरसाइकलमा सवार अर्का एक जनाको भने नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?