+
+

विश्व हिन्दू परिषद्को चेतावनीपछि दिल्ली प्रहरीले रोक्यो मुनव्वर फारुकीको शो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १४:१७

काठमाडौं । भारतीय स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकीको राजधानी दिल्लीमा सोमबार हुने भनिएको शो स्थगित भएको छ । कार्यक्रममा प्रस्तुति दिनका लागि मुनव्वरले गरेको आग्रह दिल्ली प्रहरीले अस्वीकार गरेपछि उनको शो रोकिएको हो ।

मुनव्वरले दिल्लीको सिभिक सेन्टरस्थित केदारनाथ स्टेडियम कार्यक्रम गर्ने खबर सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्ले रोक्न माग गर्दै प्रहरीलाई पत्र लेखेको थियो । मुनव्वरको प्रस्तुति नरोके परिषद् र बजरंग दलका सदस्यहरुले विरोध प्रदर्शन गर्ने चेतावनी दिइएको थियो ।

विश्व हिन्दू परिषद्ले मुनव्वरले हिन्दू देवीदेवताको मजाक उडाउँदै आएको आरोप लगाउँदै कार्यक्रम गर्न दिए साम्प्रदायिक तनाव भड्किने दाबी गरेको छ ।

कमेडियन मुनव्वरमाथि हिन्दू अतिवादी संघसंस्थाले निशाना साध्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?