+
+

प्रदेश १ को प्रदेशसभा बैठक १७ भदौमा बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १४:४२

१२ भदौ, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले १७ भदौमा प्रदेशसभा बैठक बोलाएका छन् । प्रदेशसभाको चालु अधिवेशनबाट प्रदेशको नामकरण गर्ने भनिए पनि दलहरुबीच सहमति नजुट्दा प्रदेश १ ले नाम पाउन सकेको छैन ।

संघीय सरकारले ४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेका कारण सभामुख भण्डारीले प्रदेशसभा अन्त्यको तयारी गरेका छन् ।

१७ भदौको बैठकमा दुईवटा विधेयकमा छलफल हुने र ती विधेयक पारित भएपछि अधिवेशन अन्त्य गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयको भनाइ छ ।

प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्ने बताएका थिए । तर नेकपा एमालेले भूगोल र  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र साना दलले पहिचानका अधारमा नाम राख्नुपर्ने अडान राखेपछि सहमति हुन नसकेको हो ।

नामका लागि स्पष्ट धारणा सार्वजनिक नगरेको नेपाली कांग्रेसले सहमतिका आधारमा नाम राख्नुपर्ने बताएको थियो । तर दलहरु आआफ्नै अडानमा बसेपछि नाम पाउने सम्भावना टरेको हो ।  शनिबार विराटनगरमा आयोजित  कार्यक्रममा  सभामुख भण्डारीले जारी अधिवेशनबाट नाम आउने सम्भावना टरेको बताएकाम थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?