+
+

दुबई पठाइदिन्छु भनेर ३८ लख ठगी, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १७:२५

१२ भदौ, काठमाडौं । दुबई पठाइदिन्छु भनेर ३८ लाख ठगी गरेको आरोपमा प्रहरीले नवलपरासी पश्चिमका भोजबहादुर चौधरीलाई पक्राउ गरेको छ ।

दुबई जान प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि आर्म्स गार्डमा मासिक १ लाख रुपैयाँ कमाइ हुने प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरुसँग उनले ३८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन आग्रह गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार चौधरीलाई सामाखुशीबाट पक्राउ गरेको हो ।

चौधरीलाई अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?