+
+

भविष्यमा स्वर्ण जित्ने गरी तयारी गर्छु : प्राप्ती बतास

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १८:१३

१२ भदौ, काठमाडौं । मलेसियामा सम्पन्न इन्टरनेसनल फेडेरेसन अफ मुवा थाई (आइएफएमए) वर्ल्ड युथ गेम्समा २ पदक जितेकी मार्सल आर्ट खेलाडी प्राप्ती बतासले आफ्नो लक्ष्य भविष्यमा स्वर्ण पदक जित्ने रहेको बताएकी छन् ।

मलेसियामा साउन २४ देखि भदौ ४ गतेसम्म भएको युथ गेम्समा प्राप्तीले एक रजत र एक कास्य पदक जितेकी थिइन् । उनले आइएफएमए ग्राण्ड्स्लाम १२ देखि १५ वर्षको ५१ केजी तौल समूहमा रजत र १४ देखि १५ वर्षको ५१ केजीमा कास्य पदक जितेकी हुन् । उनले प्रतियोगितामा मलेसिया, टर्की, रसिया र चीनका खेलाडीसँग प्रतिस्पर्धा गरेको प्रशिक्षक राहुल मोक्तानले दिए ।

आइतबार महाराजगञ्जस्थित जिमखाना मुवा थाईमा आयोजित पत्रकार सम्मेलनमा प्राप्तीले आफ्नो बुवाका कारण खेलकुदमा लाग्न प्रेरणा मिलेको बताइन् । ‘बुबाले मलाई सधैं मार्सल आर्ट खेलमा लाग्न हौसला दिनुहुन्थ्यो’, प्राप्तीले भनिन् ।

नेपाली खेलाडीले आईएफएमएमा प्रतिस्पर्धा गरेको यो पहिलो पटक हो । जहाँ एक सय भन्दा बढी देशबाट एक हजार भन्दा बढी खेलाडी सहभागी थिए । उनले रजत पदक मात्र जितेर सन्तुष्ट नभएको र भविष्यमा स्वर्ण पदक नै जित्ने लक्ष्य रहेको बताइन् ।

‘म यसमा सन्तुष्ट छैन । भविष्यमा स्वर्ण पदक जित्ने गरि खेल्नेछु । अर्को पटक स्वर्ण जित्ने आशा छ,’ प्राप्तीले भनिन् ।

टर्कीमा नोभेम्बर २३ देखि २७ सम्म हुने आईएफएमए आन्टालिया कपमा प्राप्तीले नेपालको प्रतिनिधित्व गर्ने सम्भावना रहेको जिमखानाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

१४ वर्षीय प्राप्त हाल कक्षा ९ मा अध्ययनरत छिन् । उनले क्षमताकै कारण प्रशिक्षकले उनको प्रतिभा चाँडै पहिचान गरेका थिए । जिमखाना मुवा थाईमा १६ महिना मात्र प्रशिक्षण गरेकी प्राप्तीको यस सफलतालाई प्रशिक्षक राहुल मोक्तानले ठूलो उपलब्धी रहेको बताए । प्राप्ती हाल मुवा थाईको यू-१६ मा राष्ट्रिय च्याम्पियन समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?