+
+

श्रममन्त्री कुँवर अछाम-१ बाट उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १३:३३

१३ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा  निर्वाचनका लागि अछाम-१ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् ।

कुँवरलाई एकीकृत समाजवादीले १ नम्बर क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर २ बाट भने नमराज न्यौपाने र देबेन्द्र दुई जना सिफारिस भएका छन् । उनीहरूको टिकटको अन्तिम टुङ्गो पार्टी केन्द्रले लगाउनेछ ।

यस्तै, प्रतिनिधि सभा १ को (क)का लागि कुलबहादुर कुँवर र हिक्मत कुवर,  (ख)बाट हिरन्ड भट्टराई र रत्ना तामाङ सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ को (क)का लागि डबल चलाउने, दीपक बिष्ट र दुर्गा बोहोरा सिफारिस भएका छन् भने (ख)का लागि शंकर भण्डारी,  नवराज साउद र नयन सोडारी सिफारिस भएका छन् ।

प्रतिनिध सभातर्फको खुला समानुपातिकमा बलबहादुर सोडारी, भक्तबहादु रशाही र योगेन्द्र बिष्ट, महिलामा बिन्द्रा साउद सिफारिस भएका छन् ।

प्रदेश सभा समानुपातिक महिलातर्फ मिना साउद, केशरी रेग्मी, देवकला चलाउने, कृष्णा जैसी न्यौपाने र जयन्ती बोगटी,  समानुपातिक खुलातर्फ कल्यान बोगटी र हर्क साउद, दलिततर्फ डम्बर नेपाली,  जित निशानी र इन्द्र जैगडि सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?