+
+

सेयर बजारमा सामान्य वृद्धि, कारोबार १ अर्ब २५ करोडमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १५:२७

१३ भदौ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । लगातार तीन कारोबार दिनेसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ अंक (०.१९ प्रतिशत) ले वृद्धि भएर बन्द भएको छ ।

नेप्से सँगै अधिकाम्स उपसूचमा सुधार हुँदा बैंकिङ र लघुवित्त उपसूचकमा सामान्य गिरावट भएको छ । त्यस्तै लगानी उपसूचक ०.५८ प्रतिशतले गिरावट हुँदा म्युचुअल फण्ड उपसूचक १.१२ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा सुधार भएपनि कारोबार रकम भने सवा एक अर्बमा सीमित भएको छ । सोमबार ३४ लाख ४० हजार ९०० कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार भएको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार घटेको हो ।

सोमबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ११ करोड २५ लाख ७७ हजारको सेयर किनबेच भएको छ । यस्तै अरुण कावेली पावरको ५ करोड ५५ हजारको कारोबार भएको छ ।

सोमबार कुल १८७ कम्पनीको सेयर कारोबार भएकोमा १११ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । जसमध्ये वीन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.४८ प्रतिशतले वृद्धि हुँदा रिलायन्स फाइनान्सको सेयर मूल्य ६.६४ प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५.८४ प्रतिशतले बढेको छ ।

यता रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले गिरावट भएको छ । यस्तै एनएमबि हाइब्रिड फण्ड १ को इकाइ मूल्य ३.३७ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?