+
+

४ मंसिरको चुनावमा उम्मेदवारले सम्भावित खर्च र स्रोत खुलाउनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १९:०१

१३ भदौ, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने उम्मेद्वारहरुले आफूले गर्ने सम्भावित खर्च र त्यसको स्रोत खुलाउनुपर्ने भएको छ ।

मनोनयनका क्रममा नै उम्मेद्वारहरुले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरण समेत बुझाउनुपर्ने भएको हो । उम्मेद्वारले सम्बन्धित प्रतिनिधि बाहेक अरुबाट खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।

अनि राजनीतिक दलहरुले पनि निर्वाचन प्रचारप्रसारका लागि छुट्टै खाता खोलेर निश्चित प्रतिनिधिमार्फत खर्च गर्ने व्यवस्था गरेको हो ।

२५ हजारभन्दा बढीको आर्थिक सहयोग बैंकमार्फत मात्रै लिनुपर्नेछ । कसैले नगद दिएकोमा चन्दादाताको नाम सहित त्यो रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको हो ।

आयोगले खर्चको विवरण र बिलभर्पाई पनि सुरक्षित राख्नुपर्छ भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?