+
+

इरफान र ऋषि कपुर प्रकरणमा बलिउड फिल्म क्रिटिक केआरके पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते ११:०९

काठमाडौं । अभिनेता तथा फिल्म क्रिटिक केआरके अर्थात् कमfल रशिद खानलाई मुम्बई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सन् २०२० को एक विवादित ट्वीटलाई लिएर उनी पक्राउ परेका हुन् ।

बलिउड सञ्चारमाध्यमका अनुसार उनलाई मंगलबार बोरीवाली अदालतमा पेश गरिएको छ । मुम्बई विमास्थलको हिरासतमा लिइएका उनलाई सोधपुछपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी दुई वर्षपछि मुम्बई फर्किएका हुन् ।

सन् २०२० मा कमालविरुद्ध युवा सेनाको कोर कमिटीले मलाड पुलिस स्टेसनमा एफआईआर दर्ता गरेको थियो । कमिटी सदस्य राहुल कम्बलका अनुसार कमालले दिवंगत अभिनेता इरफान खान र ऋषि कपुरलाई लिएर आपत्तिजनक ट्वीट गरेका थिए ।

यस मामिलामा प्रहरीले कमलाविरुद्ध सेक्सन २९४ अन्तर्गत मुद्दा दर्ता गरेको छ । उनले सन् २०२० मा इरफान खान (२९ अप्रिल) र ऋषि कपुर (३० अप्रिल)मा निधनपछि ट्वीट गरेका थिए ।

कोरोना त्यत्तिकै नजाने बरु यसले ठूला हस्तीलाई पनि सँगै लिएर जाने आशयको ट्वीट उनले गरेका थिए । कमालको गिरफ्तारीपछि विज्ञप्ति जारी गर्दै राहुलले मुम्बई प्रहरीलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?