+
+

८८ प्रतिशत हकप्रद जारी गर्ने एलआईसी नेपालको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १२:०६

१४ भदौ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्‍याउन हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको १३ भदौमा बसेको सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

११ फागुन २०७८ मा सम्पन्न साधारणसभाबाट कायम चुक्ता पूँजी २ अर्ब ६५ करोडको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

प्रस्तावित हकप्रद बीमा समिति र कम्पनीको आगामी वाषिर्क साधारणसभाबाट स्वीकृत भएपनि निष्कासन प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?