+
+

शो बाँडफाँटमा अन्याय गरेको भन्दै फिल्म ‘राधा’को प्रदर्शन रोक्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १४:२८

काठमाडौं । हलले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै फिल्म ‘राधा’ले प्रदर्शन रोक्ने निर्णय गरेको छ । ललितपुरमा मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै फिल्म निर्माताले प्रदर्शनबाट पछि हटेको जानकारी दिए ।

‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । दिइएको शो पनि दर्शकको लागि अनुकूल रहेनन् । सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका छौं,’ निर्देशक सुवर्ण थापाले भने, ‘प्रदर्शन रोक्ने जानकारी हल र वितरक दुवैलाई दिएका छौं ।’

तीजमा हलले शो बढाइदिने आशा आफूहरुले राखे पनि त्यसो नगरेर शो घटाइदिएको आरोप पनि उनले लगाए । ‘तीजको दिनमा शो बढ्ला कि भन्ने आशा थियो, त्यो पनि भएन । त्यसपछि रोक्ने निर्णय गरेका हौं,’ उनले भने, ‘बोल्नेहरुको शो बढाइएको छ, नबोल्नेको बढेन । हलहरुले गरेको विभेद हामीलाई स्वीकार्य छैन ।’

पत्रकार सम्मेलनमा सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि उपस्थित थिए । दुबैजनाले फिल्मको शो बाँडफाँडप्रति असन्तोष व्यक्त गरे । निर्मात्री देवकी विष्टले पनि शो विभाजनमा आफूहरुप्रति अन्याय भएको बताइन् ।

सुवर्ण थापा निर्देशित फिल्म राधाले क्रिटिक्सबाट राम्रो समीक्षा पाए पनि अपेक्षित शो पाउन सकेको छैन । सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको यो फिल्मले हराएका पतिको खोजी गर्न एकल आमाले गरेको संघर्षको कथा पेश गर्छ ।

रिलिजको केही दिनमा ‘प्रकाश’ले पनि शोजमा विभेद गरिएको भन्दै आकस्मिक पत्रकार सम्मेलन गरेको थियो । त्यसलगत्तै क्यूएफएक्स लगायतका हलले शोमा दोब्बर वृद्धि गरेका थिए । अभिनेता प्रदीप खड्का त आक्रामक भएका थिए ।

तर आफू निर्माता रहेको फिल्म राधालाई लिएर अभिनेता समेत रहेका सौगात मल्ल चाहिं मौन र शान्त देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?