+
+

प्रेस चौतारी चितवनले ‘जोखिम पत्रकारिता पुरस्कार’ वितरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते ११:४७

१५ भदौ, चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई यस वर्ष पनि जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ ।

चौतारी चितवनको चौथौ पूर्ण बैठकले जिल्लामा रहेर कोरोना भाइरसको संक्रमण, बाढी, पहिरो, डुवान तथा अन्य जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार भदौ महिना भित्र नै प्रदान गर्ने चौतारीले जनाएको छ ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले दिएको जानकारी अनुसार पुरस्कार प्रदान गर्ने पत्रकार छनोट गर्न पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र कुलप्रसाद काफ्ले रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । सो समितिले एक साता भित्र दुई जना पत्रकारको नाम सिफारिस गर्ने छ । दुई पत्रकारले सम्मानसहित जनही १०/१० हजार नगद रकम पुरस्कार पाउनेछन् ।

एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्वसचिव, प्रवासी नेपाली मञ्च पूर्वी एशिया महादेशीय कमिटीका अध्यक्ष एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष डा.सरोज कँडेलले पुरस्कारको संयोजन गरेका छन् ।

प्रेस चौतारी चितवनले गत वर्षबाट जोखिम पत्रकारिता पुरस्कार दिन सुरु गरेको हो । गत वर्ष चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले र ‘चितवन आज’ अनलाइनका हिरालाल आचार्यलाई जोखिम पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?