+
+

सबैभन्दा लामो काँक्रो फलाएर बेलायती किसानले राखे विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १२:०६

काठमाडौं । बेलायतको साउथह्याम्पटनका एक किसानले विश्वकै सबैभन्दा लामो काँक्रो फलाएर विश्व कीर्तिमान कायम गरेका छन् ।

पोल्याण्डमा जन्मिएका सेबास्टियन सुस्कीले १ सय १३ दशमलब ४० सेन्टिमिटर लामो काँक्रो फलाएर गिनिज बुकमा नाम लेखाएका हुन् ।

यसअघिको कीर्तिमानधारी काँक्रोभन्दा सेबास्टियनले फलाएको काँक्रो ६ सेन्टिमिटर लामो छ । साउथह्याम्पटनको लर्डशिलमा परिवार सहित बस्दै आएका सेबास्टियनले मौरीपालन गर्दै आएका छन् ।

४४ वर्षीय उनले पछिल्लो ७ वर्षदेखि ठूलो आकारका तरकारीहरु फलाउँदै आएका छन् र कीर्तिमानी काँक्रो फलाउने प्रयास यसअघि पनि पटक–पटक गर्दै आएका थिए ।

उनका अनुसार अत्यधिक लामो आकारका काँक्रो फलाउनु निकै जोखिमपूर्ण काम हो ।
–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?