+
+

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा, माग पूरा गर्न १ हप्ताको अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १३:१२

१५ भदौ, काठमाडौं । २४ बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायतका माग राखेका छन् ।

‘मागको सुनुवाइ हुने छाँट नदेखेपछि आन्दोलनमा उत्रिनुपरेको हो । जबसम्म हाम्रो माग पूरा हुँदैन हामी पछि हट्दनौं,’ आन्दोलनरत कर्मचारीमध्ये एक शिव प्याकुरेलले बताए ।

उनीहरुले बुधबारदेखि विरोधस्वरुप कालोपट्टी लगाएर काम गरिरहेका छन् र माग पूरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएका छन् ।

आगमी २१ भदौसम्ममा माग पूरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने प्याकुरेलले बताए ।

‘अस्पताल प्रशासनले मनलाग्दी रूपमा कर्मचारी नियुक्ति गर्दै आएको छ । खरिद प्रक्रियामा नेतृत्व तहबाट आर्थिक अनियमिता गरेको छ र आफ्ना मान्छेलाई टेण्डर दिइएको छ’, प्याकुरेलले भने, ‘यदि हाम्रा माग पूरा भएन भने अस्पताल प्रशासनमा ताला लगाउछौं र काम फर्किन्छौं ।’

आन्दोलनरत कर्मचारीहरुले आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री सचिवहरुलाई भेटेर जानकारी समेत गराइसकेका छन् ।

हेर्नुस् मागहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?