+
+

काठमाडौंमा वर्डप्रेस सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १३:२५

१५ भदौ, काठमाडौं । यही भदौ १८ र १९ गते काठमाडौंमा वर्डप्रेस सम्बन्धी दुई दिने सम्मेलन हुने भएको छ ।

गैरिधारास्थित एलिस रिसेप्सन्समा हुने सम्मेलनलाई ‘वर्डक्याम्प काठमाडौं २०२२‘ नाम दिइएको छ। वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।

कार्यक्रममा विभिन्न देशका वर्डप्रेसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याती प्राप्त ५०० भन्दा बढी नेपाली तथा विदेशी विशेषज्ञहरू सहभागी हुनेछन् । अन्तर्राष्ट्रियस्तरका वक्ता र विश्वका चर्चित कम्पनीहरूको पनि सहभागिता हुनेछ ।

कार्यक्रम विश्वभरि रहेका  प्रविधिसम्बन्धी काम गर्ने धेरै संस्थाहरुको सहयोगमा हुन लागेको हो । कार्यक्रम सूचना प्रविधिमा वेबसाइट बनाई व्यवसाय वा स्वरोजगार गर्न खोज्नेका लागि उपयोगी हुने आयोजकको भनाइ छ ।

संसारभर  झण्डै दुईमध्ये एक वेबसाइटहरू वर्डप्रेसले चल्छन् । आयोजक वर्डप्रेस काठमाडौंका अनुसार नेपालमा पनि बहुसंख्य वेबसाइटहरूमा वर्डप्रेस प्रयोग गरिएको छ ।

के-के हुन्छ वर्डक्याम्पमा ?

कार्यक्रममा वर्डप्रेस सम्बन्धी थुप्रै सत्रहरू संचालन हुनेछन् । वर्डप्रेस सेक्युरिटी, वर्डप्रेस थिम र पल्गिन डेभलप्मेंट, वर्डप्रेसको महत्व र प्रयोगलगायत अन्य थुप्रै बिषयमा कार्यक्रम संचालन हुने वर्डप्रेस काठमाडौंले जानकारी दिएको छ ।

कार्यक्रम तीन वटा हलमा एक्कैसाथ समानान्तर रुपमा संचालन हुने छ । सहभागीले आफूलाई मन पर्ने विषय जुन हलमा संचालन भइरहेको छ सोही हलमा बस्न पाउने छन् ।

आयोजकका अनुसार अहिले विश्व बजारमा नेपाली कम्पनीहरूको उपस्थिति र ख्याती राम्रो भएकाले नयाँ व्यवसाय गर्न चाहनेहरुलाई धेरै सजिलो हुनेछ ।

विभिन्न कम्पनीहरुले आफूलाई आवश्यक कामदारको खुल्ला गर्ने हुनाले रोजगारको खोजीमा हुनेहरुका लागि पनि यो कार्यक्रम फाइदाजक हुनेछ ।

आउँदा दिनहरूमा यस ‘वर्डप्रेस ओपेन सोर्स’ प्रविधिले गर्दा नेपालको सामाजिक, आर्थिक क्षेत्रमा टेवा मिल्ने दाबी वर्डप्रेसरहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?