+
+

पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १४:२८

१५ भदौ, तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।

तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।

शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।

थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?