+
+

ओस्कार अवार्डले माग्यो नेपाली फिल्मको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते ११:०९

काठमाडौं । द एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेजले ९५ औं ओस्कार अवार्डका लागि आवेदन खुलाएको छ ।

नेपालस्थित ओस्कारको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सूचना जारी गर्दै भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको छ । नेपालबाट सिफारिस हुने फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउनेछ ।

सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्म हलमा एक साता चलेका फिल्मले मात्र भाग लिन पाउनेछन् । अक्टोबर ३ भित्रै नेपालले एक फिल्मलाई ओस्कारमा सिफारिस गरिसक्नुपर्नेछ ।

कोरोना महामारीको कारण हलमा फिल्म रिलिज हुन नसक्दा गत वर्ष नेपालबाट कुनै फिल्म सिफारिस भएका थिएनन् । तर यसपटक सिफारिसको प्रतिस्पर्धामा कम्तीमा ६ भन्दा बढी फिल्मले भाग लिने अनुमान गरिएको छ ।

यसपटक नेपालबाट दोख, पानीफोटो, राधा, प्रकाश र ऐना झ्यालको पुतली लगायतका फिल्मले प्रतिस्पर्धाको तयारी गरेका छन् । आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलसमा ओस्कार अवार्ड समारोह हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?