+
+

भरूवा बन्दुकसहित लमजुङबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १२:५२

१६ भदौ, लमजुङ । प्रहरीले अवैध भरुवा बन्दुक लुकाइ-छिपाइ राखेको र मानिसहरुलाई धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथार गाउँपालिका-८ घाम्राङ घर भई हाल सोही गाउँपालिका-९ बस्‍ने २७ वर्षीय यमबहादुर राना मगर रहेका छन् ।

उनलाई विशेष सूराकको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले बन्दुकमा रहेको ९ वटा छर्राको १८.५ ग्राम, कालो बारूद ४.९ ग्राम र कपडाको गज बरामद गरेको छ ।

पक्रुाउ परेका उनीमाथि हातहतियार तथा खरखजाना सम्‍बन्धी कसूरमा ७ दिनको म्‍याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?